चिनियाँ राष्ट्रपति सी र युक्रेनी समकक्षी जेलेन्स्कीबीच टेलिफोन वार्ता
चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि दुई नेताबीच प्रत्यक्ष कुराकानी भएको यो पहिलो पटक हो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सी सँग आफ्नो लामो र महत्त्वपूर्ण कुराकानी भएको बताएका बीबीसीले जनाएको छ । कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देश सधैँ शान्तिको पक्षमा रहेको र अहिले देखिएको सङ्कटसँग जुध्ने एक मात्र उपाय वार्ता भएकोमा जोड दिनुभएको छ । उहाँले रुस र युक्रेनबीचको वार्तामा चीन मध्यस्तकर्ता बन्न समेत तयार रहेको उल्लेख गर्नुभएको छ । युक्रेनमा भएको आक्रमणको लागि चीनले रुसलाई अहिलेसम्म निन्दा गरेको छैन ।
रुसको कारबाहीलाई चीनले खुलेर समर्थन नगरे पनि दुई देशबीचको मित्रता बढेको छ । गएकाे महिना चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई दिने रुस भ्रमण गर्नुभएको थियो । लगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि चिनियाँ राष्ट्रपति सी लाई आफ्नो देश भ्रमणको निम्तो दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस्