एसीसी प्रिमियर कप : नेपाल र कतार तथा हङकङ र कुवेतबीच खेल हुँदै
काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
समूह ए मा रहेका नेपाल र कतारबीच त्रिवि मैदान कीर्तिपुरमा तथा समूह बी मा रहेका हङकङ र कुवेतबीचको खेल मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । समूह ए बाट नेपाल र ओमान सेमिफाइनलमा पुगिसकेका छन् । कतार जितविहीन रहँदै पुछारमा छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।
समूह बी बाट भने अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ । आज हङकङ र कुवेतबीचको विजेता टोली नै सेमिफाइनलमा पुग्नेछ । हङकङको ५ र कुवेतको ४ अङ्क रहेको छ । खेल बराबरी भएमा वा रद्द भएमा हङकङ नै सेमिफाइनलमा पुग्नेछ । एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ ।
प्रतिकृया दिनुहोस्