December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

लुम्बिनी र गण्डकीमा सरकार गठनका लागि दिइएको समय आज सकिँदै

काठमाडौँ । लुम्बिनी र गण्डकी प्रदेशमा सरकार गठनका लागि दिइएको समय आज (बिहीबार) सकिँदैछ । नेपाली कांग्रेस र माओवादीबीच कुरा नमिल्दा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन बेचिलो बनेको छ ।

दुवै प्रदेशमा आलोपालो सरकार चलाउने सहमति गरेका कांग्रेस र माओवादीले सुरुमा आफ्नै नेतृत्व हुनुपर्ने अडान लिएपछि सरकार गठनमा सकस देखिएको हो । दुवै प्रदेशमा बहुमतसहित सरकारको दाबी गर्ने आज अन्तिम दिन हो ।

आज दिउँसो ४ बजेसम्म बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरिसक्नु पर्नेछ । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढालेपछि माओवादीले सुरुमा कांग्रेसलाई मुख्यमन्त्री दिन सहमत भएको थियो । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । तर गण्डकीको विषयलाई देखाएर माओवादीले लुम्बिनीमा पनि कांग्रेसलाई समर्थन गर्न आनाकानी गरेको छ ।

लुम्बिनीमा कांग्रेसले पहिले सरकारको नेतृत्व गर्ने हो भने गण्डकीको नेतृत्व आफूले पाउनु पर्ने माओवादीको अडान छ । तर कांग्रेसले दुवै प्रदेशमा पहिले आफूले नेतृत्व गर्न पाउनु पर्ने र त्यसपछि माओवादीलाई दिने बताएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ जना भए बहुमत पुग्छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीका एक, राप्रपाका दुई सांसद रहेका छन् । यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा विश्वासको मतका लागि ४४ जना सांसदको समर्थन पर्छ ।

शीर्ष समाचार

धेरै पढिएको