December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो

ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ ।

गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो । मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीन ३३ रनमा आउट भए । सुर्यकुमार यादवले २३ रन जोडे ।

गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २/२ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । गुजरातका शुभमन गिलले सर्वाधिक ५६ रन जोडे । डेबिड मिलर ४६ रनमा आउट भए । त्यस्तै अनुभव मनोहरले ४२ रन बनाए ।

मुम्बईका पियुष चावलाले २ तथा जेसन बेहरनडोर्फ, राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान एक/एक विकेट लिए । जितसँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई समान सात खेलमा तीन जित र चार हारका साथ अंक तालिकाको सातौं स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको