November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

केही पनि बधाईका कार्यक्रम नराखिदिनु होला, देशभर गर्नु पर्ने काम धेरै छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई विजयी गराएकोमा धन्यवाद दिँदै कही पनि बधाईका कार्यक्रम नराख्न आग्रह गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले आज चितवनको इच्छाकामना क्षेत्रको कार्यक्रमपछि अन्य कुनै पनि ठाउँमा कुनै कार्यक्रम नराख्न आग्रह गर्नु भएको हो । चितवन २ सहित देशभर गर्नु पर्ने काम धेरै रहेको भन्दै उहाँले  चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

लामिछानेले प्रतिस्पर्धी दल र उम्मेदावरसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । गएको आइतबार चितवन २ मा भएको उपचुनवमा सर्वाधिक मतान्तरको रेकर्ड राख्दै लामिछाने विजयी हुनु भएको छ । कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने पराजित हुनुभयो  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको