November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

बारामा अब २१ हजार मत गन्न बाँकी, उपेन्द्रसँग निरन्तर मतान्तर घटाउँदै कुशवाह

बारा । बारा–२ मा जनमतका शिवचन्द कुशवाहले पछिल्लो समय निरन्तर मतान्तर घटाउँदै गएका छन् । जसपाका उपेन्द्र यादवसँग ५ हजार ५ सयसम्मको मतान्तर बनाएकोमा पछिल्लो ८ हजार मत गणना हुँदा कुशवाहले एक्लै ५ हजार मत ल्याएका छन् ।

अहिलेसम्म ४८ हजार २६४ मत गनिएकोमा यादव १९ हजार ९७८ मतसहित अग्रस्थानमा छन् । दोस्रोमा कुशवाहको मत १६ हजार ९३७ रहेको छ । दुई बीचको मतान्तर ३ हजार ४१ को रहेको छ ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ७९६ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेलले २ हजार ३७० मत पाएका छन् । यहाँ कुल ६९ हजार १०७ मत खसेकोमा अब २० हजार ८४३ मत गन्न बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको