December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

पाँच वर्षमा रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँछ : रवि लामिछाने

चितवन । रास्वपाका सभापति तथा नव निर्वाचित सांसद रवि लामिछानेले पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा भएको धन्यवाद सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पाँच वर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्वमा सरकार बनाउने छौँ’, उनले भने, ‘नेतृत्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाई आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नु होला ।’ उनले चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने बताएका छन् । ‘भविष्य परिवर्तनको यात्रामा अघि बढेका छौँ । गुण इतिहासले बिर्सने छैन’, उनले भने, ‘थप प्रमाणीकरण हो अहिलेको मत । मेरा कारणले हुन गएको क्षतिप्रति क्षमाप्राथी छु ।’

उनले सुशासनको ‘एजेण्डा’ मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् । उनले आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए । उनले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, ‘मेरो प्रमुख एजेण्डा सुशासन नै हो ।’

यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ । उनले भने, ‘यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।’ पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उहाँले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।

उनले भने, ‘ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।’ अर्काे प्रसङ्गमा उनले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए । यसबारेमा राजधानी फर्किए लगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । लामिछानेले भने, ‘के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिने÷नदिने बारेमा निर्णय गर्छाैं’, उनले थपे, ‘अहिले त्यत्ति औचित्य देखिएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको