December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

चितवन- २ मा रवि लामिछाने ३५ हजारभन्दा बढी मतले अगाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३१०१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ६०६७३ मत गणना भएको छ ।

लामिछाने ३५१४९ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७९५२ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७७८७ मत प्राप्त गरेका छन् ।

योसँगै लामिछानेको जित निश्चित भएको छ । अब चितवन-२ मा १७ हजार ६ सय ४ मत गन्‍न मात्र बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको