पाँच दिनभित्र उपनिर्वाचनको परिणाम आउँछ : आयोग
- Khabar Nirantar
- २०८० बैशाख १०
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा पाँच दिनभित्र सार्वजनिक हुने बताएको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेका अनुसार पाँच दिनभित्र मतगणना सक्ने आयोगको योजना छ ।
आज (आइतबार) भएको उपनिर्वाचनअन्तर्गत बारा २, तनहुँ १ र चितवन २ मा मतदान जारी छ । आयोगले कुनै कारणवश ढिलाइ नभएको अवस्थामा १५ वैशाखभित्र तीनै क्षेत्रको नतिजा सार्वजनिक गर्ने बताएको छ ।
‘कुनै कारणवश बाहेक चार–पाँच दिनभित्र तीनै क्षेत्रको नतिजा आउने आयोगको आंकलन छ । निर्वाचन क्षेत्रअनुसारका भौगोलिक विशेषता छन् । अरू कुनै कारणले मतदान स्थगित भएन भने आइतबारबाटै सबै क्षेत्रको मतगणना सुरु हुन्छ,’ वाग्लेले भने ।
शीर्ष समाचार
- 1 икс бет лучшие игры с прогрессивными джекпотами
- बैसाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा
- दुर्गा प्रसाईंले आफूलाई नजरबन्द गरिएको भन्दै सर्वोच्चमा हालेको रिट फिर्ता
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु हुँदै : ११ वटा बस थपियो
- क्यानडा नेपाल संस्कृति र किवानिज कल्वको सहकार्यमा स्वास्थ्य अभिमुखीकरण प्रशिक्षण सम्पन्न
धेरै पढिएको
-
२२ यात्रु बोकेको जीप भेरीमा खसेपछि
२०८० मंसिर ४
प्रतिकृया दिनुहोस्