November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फाेट

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विस्फाेट भएको छ । अहिलेसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको पूर्वी तटमा रहेको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विस्फाेट भएको हो ।

घटनामा कसैलाई पनि चोटपटक नलागेको बीबीसीले उल्लेख गरेको छ । यो यान अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरिक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो । एलन मस्कको यो महात्त्वाकाङ्क्षी परियोजना थियो ।

परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनुभएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ । अमेरिकाको रकेट प्रक्षेपणको इजाजतपत्र दिने निकाय सङ्घीय उड्डयन प्रशासनले दुर्घटनाको अनुसन्धान र निरीक्षण गर्ने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको