December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

 काठमाडौँ – इङ्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

क्वाटरफाइनलको दोस्रो लेगमा गएराति बायर्न म्युनिखसँग उसकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेले पनि सिटी अन्तिम चारमा पुगेको हो ।

बायर्नका किमिच र सिटीका हालाण्डले गोल गरे । पहिलो लेगमा बायर्नलाई ३–१ गोलले हराएको सिटीले बायर्नमाथि समग्रमा ४–१ को नतिजा निकाल्यो ।

यस्तै, बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै इन्टरमिलान पनि सेमिफाइनलमा पुगेको छ ।

 इन्टर मिलान पहिलो लेगमा २–० गोलले विजयी भएको थियो । अब फाइनल प्रवेशको लागि म्यानचेस्टर सिटीले रियल मड्रिड र इन्टर मिलानले एसी मिलानसँग खेल्नेछन् । 

शीर्ष समाचार

धेरै पढिएको