सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आरजु देउवाको पाँच सुझाव
काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उपायहरू सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ५ उपाय सुझाएकी हुन् ।
सरकारी विद्यालयको गुणस्तर कमजोर रहेको उल्लेख गर्दै उनले सरकारलाई व्यवस्थापन समितिको कार्यशैलीमा परिवर्तन, अंग्रेजी भाषा पठाउनुपर्ने, भर्नादर बढाउनुपर्ने, शिक्षामा तीन तहको अधिकार स्पष्ट पार्नुपर्ने र शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने लगायतको उपाय सुझाएकी हुन् ।
सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको भन्दै सांसद आरजुले भनिन्, ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्छ ।’
यस्तै, अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनले बताइन् । ‘देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ।’तीन तहको अधिकार स्पष्ट गरौं ।’, उनले सुझाव दिइन् ।
यसैगरी विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि मल्टि सेक्टरले ध्यान दिनुपर्ने उनले सुझाव दिइन्।
शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निक्र्योल गरिनुपर्ने पनि उनको सुझाव छ । उनले भनिन्, ‘यस(शिक्षा)बारे संघ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्छ ।’
यसैगरी शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने उनको अर्को सुझाव छ । विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने उनको प्रस्ताव छ ।
प्रतिकृया दिनुहोस्