November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशाला नगरपालिका–१ स्थित रेल्वे ट्रयाक नजिक दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकै परिवारका तीनै जना मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।

सम्सीबाट जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत र उनको भतिजीलाई उपचारको लागि बर्दिबास स्थित शुभ स्वस्तिक र श्रीमती अन्जुलाई ड्रमा अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए ।

शीर्ष समाचार

धेरै पढिएको