November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

चितवन र तनहुँमा कांग्रेसका उम्मेदवारलाई साथ दिने निर्णय गरेका बाबुरामले बारामा उपेन्द्रलाई नसघाउने

काठमाडौं । नेपाल समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई नसघाउने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले जनता समाज वादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई निर्वाचनमा सहयोग नगर्ने भएको हो ।

एक वर्षअघि उपेन्द्र यादव नेतृत्वको जसपाबाटै छुट्टिएर नेसपा बनाएका भट्टराईले चितवन २ र तनहुँ १ मा भने कांग्रेसका उम्मेदवारहरु जीतनाराण श्रेष्ठ र हुन् ।

सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन–२ मा कांग्रेसका उम्मेलवार जीतनारायण श्रेष्ठ र तनहुँ(१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टीले बैठकपछि आज विज्ञप्ति जारी गरी कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई विजय बनाउनको लागि सहयोग गर्न गर्नुभएको पत्रको आधारमा कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ । बारा २ मा यादवलाइृ सघाउने नसघाउनेबारे कुनै औपचारिक निर्णय नगरेपनि बाबुरामले यादवाई निर्वाचनमा नसघाउने बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको