November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

राष्ट्रपति पौडेलको पेटमा ‘इन्फेक्सन’ एयर एम्बुलेन्सबाट आज भारत लैजाने तयारी

काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई थप उपचारका लागि आज (बुधबार) एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी भईरहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । सोमबार मात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए ।

मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको थियो । उनको डा. निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको