November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा, प्रहरी लगाएर दमन गरेको आरोप

काठमाडौँ – मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटटिकामा प्रहरीको लाठी प्रहारबाट घाइतेसमेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुको दाबी छ ।

सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई सोमबार प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।

मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्।

शीर्ष समाचार

धेरै पढिएको