November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

रविका चालक छतबाट खसेको घटनामा सँगै सुतेका मुकुलका चालक नियन्त्रणमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (सोमबार) बिहान ३ः५४ बजे भरतपुर महानगरपालिका–११ स्थित घरमा रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेको अवस्थामा भेटिएका थिए । ३९ वर्षीय चालक थापाको घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ हो । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् । सँगै सुतेका रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको कार्कीले बताएका छन् ।
उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ र तीनतले घरमा रहेको सीसी क्यामेरामा आधा भागबाट मात्रै कभर भएको पाइएको जानकारी दिंदै उनले भने, ‘दिलबहादुर खस्दै गरेको देखिन्छ । भुइँमा रहेको गमलामा उनको टाउको बजारिएको देखिन्छ । अवस्था गम्भीर छ ।’

शीर्ष समाचार

धेरै पढिएको