December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

बीबीसी हिन्दीले लेख्याे प्रचण्डको भारत भ्रमण हुन नसक्नुको कारण !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण हुन नसक्नुको कारणबारे भारतीय हिन्दी मिडियाले लेखेका छन् । बीबीसी हिन्दीले अप्रिलको सुरुआतमै नेपाली प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुनुपर्नेमा सरेको खबर लेखेको छ ।

बीबीसी नेपाली सेवालाई उदृत गर्दै बीबीसी हिन्दीले मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री नियुक्त नभएका कारण प्रचण्डको भारत भ्रमण सरेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्ललाई उदृत गर्दै लेखिएको छ, ‘परराष्ट्रमन्त्रीको नियुक्ति आइतवार भएको छ, अब प्रधानमन्त्री अप्रिल अन्त्यसम्म भारत जानेछन् ।’

परराष्ट्रमन्त्री नियुक्तिमा ढिलाइ हुँदा प्रचण्डको भारत भ्रमणको मिति निर्धारण भएको छैन । आइतवार नेपाली कांग्रेसका सांसद एनपी साउँद परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।

गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने बताएका थिए । अब परराष्ट्रमन्त्री साउँदले उनको भारत भ्रमणको तयारी गर्ने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको