November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

‘ए’ डिभिजन लिग : सङ्कटा र एपीएफ तथा सातदोबाटो र पुलिस क्लब खेल्दै

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एउटा खेल दशरथ रङ्गशाला र अर्को खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । सङ्कटा ८ खेलमा १२ अङ्क जोडेर सातौँ स्थानमा छ । समान खेलमा एपीएफ ११ अङ्ककासाथ नवौँ स्थानमा छ । आज हुने अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब बेलुका ६ बजे दशरथ रङ्गशालामा खेल्दैछन् ।

सातदोबाटो ८ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा छ । समान खेलमा पुलिस ४ अङ्ककासाथ पुछारमा रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको