September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोलि बस्‍ने भएको छ ।

भोलि बिहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।  करिब ६ महिना लामो विवाद टुंग्याउने गरी अध्यक्ष दाहालसँग सहमति नजिक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सदस्य हेरफेर गर्ने तयारी थालेको बताइएको छ।

सरकार र पार्टीलाई नयाँ गति दिने गरी संघीयदेखि प्रदेशसम्मका सरकारमा हेरफेर गर्ने पूर्वतयारी थालिएको छ। संघीय मन्त्रिपरिषद्‍मा कार्यक्षमतामा पछाडि परेका मन्त्रीहरुलाई बिदा गरेर यसअघि सफल नेताहरुलाई मन्त्रिपरिषद्‍मा अवसर दिने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ।

यसअघि नेकपाको बिवाद समाधानका लागि अध्यक्षद्वयले कार्यदल गठन गरेपछि शीर्ष नेताहरुले सचिवालय वा स्थायी कमिटी बैठकबाट कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका थिए।

शीर्ष समाचार

धेरै पढिएको