मोरङका ३ परीक्षा केन्द्रबाट एसइईका करिब २ सय नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं – मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट करिब २ सय जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईका अनुसार बिहिबार शंका लागेर चेकजाँच गर्ने क्रममा नक्कली परीक्षार्थी फेला परेको जानकारी दिए।
‘प्रहरीले करिब २ सय जना नक्कली परीक्षार्थी पक्राउ गरेका छन,अहिले विवरण संकलन हुँदैछ,त्यसपछि यकिन हुन्छ’, उनले भने।
उनका अनुसार प्रवेश पत्रमा रहेको फोटो र परीक्षार्थीको अनुहारमा शंका लागेपछि बुझ्दा नक्कली रहेको पाइएको छ। उनले अहिले थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिकृया दिनुहोस्