April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
KN hd tv

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

काठमाडौँ – गण्डकी प्रदेशका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरु कास्कीका ५ र तनहुँका १ जना छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ का २२ र ३० वर्षका पुरूष तथा ५० र २२ वर्षका महिला तथा  पोखरा महानगरपालिकाकै वडा नं. ५ की ३३ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको भानु नगरपालिका वडा नं. ४ का ३० वर्षीय एक जना पुरूषमा पनि संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ ।



शीर्ष समाचार

धेरै पढिएको