December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
KN hd tv

मौसमः आज देशभर सामान्य वर्षाको सम्भावना

काठमाडौँ-  आज पनि देशभर सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय भए पनि जलवाष्पयुक्त हावा देशभर फैलिएकाले  दिउँसो देशभर नै सामान्यदेखि मध्यमस्तरको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



शीर्ष समाचार

धेरै पढिएको