June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

आतिफ असलम बने तेस्रो बच्चाको पिता

पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् ।

आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् । अभिनेताले छोरीको सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् ।

तस्बिरमा छोरी सुतिरहेको देख्न सकिन्छ । फोटो सेयर गर्दै गायकले क्याप्सनमा लेखे, ‘अन्ततः प्रतीक्षा समाप्त भएको छ । हाम्रो मनको नयाँ रानी आइपुगेकी छिन् ।’

उनले थपे, ‘बेबी र सारा दुवै ठिक छन् । हलिमा आतिफ असलमको तर्फबाट रमजान मुबारक ।’

आतिफ र सारले छोरीको नाम हलिमा राखेका छन् । प्रशंसक र सेलिब्रिटी आतिफ र साराकी छोरीको आगमनमा बधाई दिइरहेका छन् । 

आतिफ र साराको विवाह सन् २०१३ मा भएको थियो । हलिमा अघि आतिफ असलमका दुई छोरा छन् । उनको जेठो छोराको नाम अब्दुल अहद र कान्छोको नाम आर्यन असलम छ ।

शीर्ष समाचार

धेरै पढिएको