June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

राष्ट्र बैंकले जारी गर्यो २०८० का लागि बैंकहरुमा विदाको सूची (सूचीसहित)

काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंकहरुमा सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको सूची अनुसार २०८० बैशाख देखि चैतसम्मका लागि बैंकहरुमा हुने विदाको सूची सार्वजनिक गरेको हो ।

जस अनुसार बैसाख १ गते र मजदु दिवसका दिन बैंैकहरु पूर्णरुपमा बन्द हुनेछन् भने दशै पर्वमा ६ दिन, तिहारमा ५ दिन गरी २०८० सालमा जम्मा ४५ दिन बैंकिङ सेवा पूर्ण तथा आंशिक रुपमा बन्द हुने सूचीमा उल्लेख छ ।

त्यस्तै २०८० बैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा माघ १६ देखि २०८० चैत मसान्तसम्म बैंकिङ कारोबारको समय बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुनेछ भने २०८० कात्तिक १६ देखि २०८० माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ३ बजेसम्मका लागि कारोबारको समय तोकिएको छ ।

त्यस्तै प्रत्येक शुक्रबार बिहान १० देखि दिउँसो १ :३० सम्म कारोबारको समय हुने सूचीमा उल्लेखछ ।

https://drive.google.com/file/d/18MqwapKlkSb7iJsYGAV9oyiN8MiHWoFY/view

शीर्ष समाचार

धेरै पढिएको