सिन्धुपाल्चोकमा पहिरामा मृत्यु भएका ११ को सनाखत
- Khabar Nirantar
- २०७७ श्रावण ३१
सिन्धुपाल्चोक – जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।
आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
शीर्ष समाचार
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
- एमालेको ‘मध्यपहाडी लाेकमार्ग संकल्प यात्रा’ शुरु (तस्वीरहरु)
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्