June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

मध्यरातमा भूकम्प जाँदा पाकिस्तानमा १२ जनाको मृत्यु, १७५ जना घाइते

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलवार राति गएको भूकम्पमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । हालसम्म पाकिस्तानमा खैबर पख्तुनख्वा प्रान्तमा मात्रै भूकम्पका कारण क्षति भएको विवरण प्राप्त भएको छ ।

पाकिस्तानमा मङ्गलवार राति ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यसको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्र भनिएको छ । भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु स्वात जिल्लामा भएको छ ।

अधिकारीका अनुसार पहिरोका कारण स्वात कलाम सडक पनि बन्द भएको छ । यसपछि तल्लो दिरमा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यस्तै, मलाकन्दमा एक जनाको मृत्यु भएको छ ।

स्वात सैदु शरीफ अस्पतालमा आपतकालिन अवस्था घोषणा गरिएको छ, जबकि जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले सबै कर्मचारीहरूलाई सतर्क गराइएको र सबै घाइतेहरूलाई चिकित्सा सुविधा उपलब्ध गराइएको बताए ।

खैबर पख्तुनख्वा प्रान्तका विभिन्न क्षेत्रहरूबाट छतहरू भत्किने र भवनहरूमा क्षति पुगेको पनि रिपोर्टहरू आइरहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको