June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

शेखर कोइराला : अब कांग्रेसलाई गल्ती गर्ने छुट छैन 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ । मङ्गलवार काठमाण्डाैमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमजोरी कांग्रेसबाट हुन नहुने बताउनुभयो । उहाँले अहिलेकाे परिस्थितिलाई कांग्रेसले गम्भीररूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको जिकिर गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस केही दिनभित्र नै सरकारमा जाँदैछ । अब हामीलाई गल्ती गर्ने छुट छैन । कुनै कमजोरी नेपाली कांग्रेसबाट अब हुन हुँदैन । यी सबै कुरालाई कांग्रेसले गम्भीररूपले लिएको छ । १० दलीय गठबन्धनलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ । यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ ।’

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो । लोकतन्त्रविना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीररूपमा लिएकाे उहाँकाे भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको