सिन्धुपालचोक पहिरो अपडेटः ३८ जना बेपत्ता, ३७ घर पुरिए
काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा आज विहान खसेको पहिरोमा परी ३८ जना बेपत्ता भएका छन् ।
पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। पहिरोका कारण ३८ हराइरहेको, ३७ घर ध्वस्त जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। उनका अनुसार पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टर मार्फत चौतारा र काठमाडौं पठाइएको छ।
पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको छ।
प्रतिकृया दिनुहोस्