June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

नेपाली बलरको रवाफ, यूइईको गुम्यो चौथो विकेट

काठमाडौं – आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले यूइईको चौथो विकेट लिएको छ। 

चौथो विकेट आयान अफ्जल खानलाई दिपेन्द्र सिंह ऐरीको बलमा गुलशन झाले क्याच गरे।

नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरे भने दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नुपर्‍यो। 

दोस्रो विकेट नेपाली स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई उलबीडब्लु आउट गरे। उनी ६३ रन बनाए आउट भए। 

तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए। 

२६औँ ओभर सकिँदा यूएईले ४ विकेट गुमाएर १२८ रन जोडेको छ।

शीर्ष समाचार

धेरै पढिएको