June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

सिन्धुपाल्चोकमा अत्यावश्यक बाहेकसेवा स्थगित

सिन्धुपाल्चोक – जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ ।

कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो । आज सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी गरिएको सूचनामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ता एवं पत्रपत्रिका दर्ता वा नवीकरण, राहदानी वितरण, नाबालक परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा हाल स्थगन गरिएको उल्लेख छ ।

शान्ति सुरक्षासम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य भने यथावत् नै सञ्चालन हुने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको