गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
काठमाडौं । प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठकको शून्य समयमा विभिन्न सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद तथा काँग्रेस महामन्त्री गगन थापाले सरकारले किसानलाई क्षतिपूर्ति दिन्छु भन्दै नदिएको, खाली झुलाइ रहेको बताए। ‘सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । यी तिनै किसानहरू हुन् जसले बैंकबाट ऋण लिएर सानासाना कुखुरा फामहरू चलाएका थिए । बर्डफ्लुको जोखिम न्यूनीकरण गर्नका लागि सरकारको निर्णयबाट यिनका कुखुरा फाम नस्ट गरियो । नियम अनुसार यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्नँ भन्दैन । तर दिँदैन ।सरकारले झुलाउछ ।’, थापाले भने ।
सरकारले क्षतिपूर्ति नदिने, झुलाई रहने तर बैंकले भने उनीहरूलाई अठ्याउने थापाले बताए । ‘के बैंकको ऋणले थिचिएको साना किसानहरूले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरिसकेपछि आँसु बगाउदै सहानुभूति प्रकट गर्दै छानवीन गर्न समिति बनाउने हो कि ?’, थापाले प्रश्न गरे ।
प्रतिकृया दिनुहोस्