March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।

आज (मंगलबार) पदाधिकारी बैठकपछि पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौ । सकेसम्म इन्गेज भइराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ ।’

उनले गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नु भएको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मलाई त्यो पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’

शीर्ष समाचार

धेरै पढिएको