राष्ट्रपति र सभामुख निर्वाचनका विषयमा कांग्रेससँग पनि छलफल हुन्छ – प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनको विषयमा विपक्षी दल नेपाली काँग्रेस सँग पनि छलफल गर्ने बताएका छन् । शनिबार बालुवाटारमा संचारमाध्यमका सम्पादकहरुको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफुलाई कांग्रेसले विश्वासको मत दिएकाले यस विषयमा उसँग छलफल गर्नु अनिवार्य रहेको बताए । ‘मलाई विश्वासको मत हाल्ने सबै दलसँग छलफल हुन्छ, कांग्रेसले पनि विश्वासको मत दिएको छ, उसँग पनि छलफल हुन्छ ।’ प्रचण्डले भने ‘अब सर्वदलिय बैठक राखेर यउस बारे निर्णय हुन्छ ।’ उनले अर्को प्रशंगमा सत्तारुढ दल भित्र मन्त्रीपरिषद बिस्तारमा समस्या नभएको पनि बताए ।
प्रतिकृया दिनुहोस्