मन्त्रीपरिषद बिस्तारमै एकले अर्कोलाई गलाउने रणनीतिमा दाहाल – ओली
प्रधानमन्त्री दाहालले कांग्रेसको पनि सरकारलाई समर्थन रहेका कारण ओलीको चाहाना सहजै पुरा गर्न दिने छाँट छैन । एमालेले महत्वपुर्ण मन्त्रालयमा दाबी गरेको छ । तर प्रधानमन्त्री दाहालले त्यसमा सहमति गरेका छैनन् । बरु साना दललाई देखाएर एमालेलाई सकभर कम मन्त्रालयमा चित्त बुझाउनु पर्ने दबाब बढाईरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सपथ लिएको तीन साता कट्न लाग्दा समेत मन्त्रीपरिषदले पुर्णता पाउन सकेको छैन । मन्त्रीपरिषदलाई पुर्णता दिने विषयमा दैनिक जस्तो सत्तारुढ दलका प्रमुख दुई नेता प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भईरहे पनि कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री दाहालले विश्वासको मत लिए लगत्तै मन्त्रीपरिषद बिस्तारको तयारी गरेका थिए । तर त्यसमा सहमति ज्ट्न सकेको छैन । सरकारमा सहभागि हुने दलको सुची लामो भएको र साना दलले पनि धेरै भाग खोजेका कारण सहमति जुट्न कठिनाई भएको बताइएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि माओवादीसँग नै एमाले सशंकित बनेको छ । एमालेले राष्ट्रपति निर्वाचनमा माओवादीबाट धोका हुन सक्ने आनुमान गरेको छ । जसका कारण दाहाल र ओलीबीचका नीयमित बैठकहरु बसे पनि कुरा मिल्न सकेको छैन । दुई नेतालाई नजिकबाट चिनेका एमाले एक नेता भन्छन् ‘पुरानो तुष अझै हट्न सकेको छैन, त्यसकै छिटाले अहिले पनि काम गरिहेको छ, अहिलेको भेट भनेको टुटेको मन जोड्न मात्र भइरहे जस्तो छ ।’
मन्त्रीपरिषद बिस्तार बारे छलफल गर्न शुक्रबार र शनिबार नै ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे, तर कुनै निष्कर्ष निस्कन सकेको छैन । दुई नेताबीच मन्त्रीपरिषद बिस्तार, सभामुख निर्वाचन लगायतका विषयमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले कांग्रेसको पनि सरकारलाई समर्थन रहेका कारण ओलीको चाहाना सहजै पुरा गर्न दिने छाँट छैन । एमालेले महत्वपुर्ण मन्त्रालयमा दाबी गरेको छ । तर प्रधानमन्त्री दाहालले त्यसमा सहमति गरेका छैनन् । बरु साना दललाई देखाएर एमालेलाई सकभर कम मन्त्रालयमा चित्त बुझाउनु पर्ने दबाब बढाईरहेका छन् । स्रोतका अनुसार एमालेले कम्तीमा १० – १२ मन्त्रालय पाउनुपर्ने जिकिर गरेको छ । माओवादी आफैं सात मन्त्रालय राख्न चाहन्छ । स्वतन्त्र पार्टीले पाँच मन्त्रालय मागेको छ । राप्रपाले उपप्रधान सहित चार मागेको छ । जसपाले तीन मन्त्रालय मागेको छ । प्रधानमन्त्री दाहाल यही साना दललाई देखाएर एमालेलाई खुम्चयाउन खोजिरहेको र अध्यक्ष ओली सहमत भई नसकेकाले नै मन्त्रीपषिद बिस्तार ढिलाइ भएको स्रोतको दाबी छ ।
प्रतिकृया दिनुहोस्