सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न पुगे बालुवाटर
- Khabar Nirantar
- २०७७ श्रावण २९
काठमाडौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड एक सातापछि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले नेकपाको विवाद पाँच दिनभित्र समाधान हुने बताएको भोलिपल्ट प्रचण्ड बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि बढेको विवाद समाधान भएको छैन ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्