आजबाट सवारी पास वितरण बन्द
काठमाडौँ – कोरोना संक्रमण बढेपछि सरकारले आजबाट देशभर अनिश्चितकाललाई सवारी पास बन्द गरको छ ।
सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट सवारी पास नदिन निर्देशन दिएको हो।
मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएका सवारी पास आजबाट नदिन गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको हो ।
प्रतिकृया दिनुहोस्