April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

डोल्पामा बालिकामाथि जब्बरजस्ती करणी आरोपमा पक्राउ

डोल्पा – जबरजस्ती करणीको आरोमिा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी आरोपमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपित बुढाले एक बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको