कांग्रेसका भोजराज अर्याल स्याङ्जा-२ (क) मा निर्वाचित
काठमाडौं- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन्। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतले पराजित गर्दै प्रदेश सभामा विजयी भएका हुन्।
अर्यालले १५ हजार १ सय ६१ मत प्राप्त गर्दै जित हासिल गरे भने रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याउँदै पराजित भए।
अर्याल वालिङ नगरपालिकाका पूर्वमेयर हुन् भने रेग्मी पूर्वप्रदेशसभा सदस्य हुन्। अर्याल लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुन्।
प्रतिनिधि सभा सदस्यतर्फ पनि कांग्रेसका धनराज गुरुङको अग्रता कायमै रहेको छ ।
#राजनीति
प्रतिकृया दिनुहोस्