February 7, 2023, Tuesday
२०७९ माघ २४, मंगलवार
KN hd tv

समानुपातिकतर्फ १ करोड मतगणना सकियो, एमाले पहिलो स्थानमा

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म १ करोड ८ लाख २ हजार ९०७ मतगणना भएको छ ।

जसअनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ८९४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार २७५ मतसहित पछ्याइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८९ हजार १९७ रहेको छ ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ४९ हजार ३५२ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार २६२ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ५९ रहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ र नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६०३ मत पाएको छ।

अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको