एमालेका आचार्यलाई पछि पार्दै जाजरकोटमा शक्ति बस्नेतको अग्रता
जाजरकोट – जाजरकोटमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शक्तिबहादुर बस्नेतले चार हजार दुई सय ५२ मत प्राप्त गरेका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार निरज आचार्यले दुई हजार सात सय ९० मत पाएका छन् ।
शक्तिले एक हजार चार सय ६२ भोटले निरजलाई पछि पारेका हुन् । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३८ पाएका छन् । क्षेत्र नं १ (१) का नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बेदराज सिंहले पाँच हजार छ सय १२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका डम्वरबहादुर सिंहले तीन हजार चार सय ४८ मत ल्याएका छन् ।
त्यस्तै क्षेत्र नं १ (२)का उम्मेदवार राजीवविक्रम शाहले सात हजार ५८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का खिमबहादुर शाहीले पाँच हजार एक सय ६९ मत पाएका छन् ।
#राजनीति
प्रतिकृया दिनुहोस्