विश्वभर कोरोना अपडेटः एकै दिन थपिए २ लाख ९ हजार कोरोना संक्रमित
काठमाण्डौँ – कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ ।
कोरोनाको महामारीले मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्