March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

मेसी प्रेरित बार्सिलोना अन्तिम आठमा

बार्सिलोना — लियोनल मेसीको प्रेरणादायी उत्कृष्ट प्रदर्शनको मद्दतले बार्सिलोनाले शनिबार नेपोलीलाई ३–१ ले हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । बार्सिलोना दुई टाइको खेलपछि समग्रमा ४–२ ले अगाडि रह्यो ।

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको यो लगातार १३ औं सिजन हो । अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनाले बायर्न म्युनिकको सामना गर्नेछ ।

क्याम्प नुमा प्राप्त दोस्रो लेगको जितमा बार्सिलानाका लागि क्लेमेन्ट लेनग्लेट, मेसी र लुइस स्वारेजले गोल गरे । टिमको दोस्रो गोलका लागि मेसीले विपक्षी चार डिफेन्डरलाई छलाएर बललाई घुमाउने बाटो दिएका थिए । नेपोलीका तर्फबाट लोरेन्जो इनसिग्नेले एक गोल फर्काए ।

शीर्ष समाचार

धेरै पढिएको