December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् । 

वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् । पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ बर्ष देखि ७४ बर्षका सम्मका २१ जना, पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका २२ बर्ष देखि ४० बर्षका सम्मका २५ जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ भिस्वाका ३५ बर्षिय १ जना पुरुष र ५५ बर्षिय १ जना महिला रहेकी छिन् भने बिन्दवासिनी गाँउपालिका नगरदाहा वडा नम्बर ३ का ३१ बर्षिय १ जना पुरुष रहेको नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

त्यसैगरी बारा जिल्ला भलुही भरवलियाका ३० बर्षका १ जना पुरुष , बारा जिल्ला मनहर्वाका ४३ बर्षिय १ जना पुरुष, सर्लाही जिल्लाका २६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको