September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

आज बाट तीन दिन भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भईरहेको छ।

विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचनाअनुसार कास्कीको लुम्ले, सिन्धुपाल्चोकको बाह्रबीसे तथा नवलपरासी क्षेत्रमा भारी वर्षा भएको छ । केन्द्रले भारी वर्षा भएका क्षेत्र तथा आसपासका नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो  स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

बागमतीदेखि पश्चिम शुक्रबार साँझदेखि नै वर्षा भइरहेको र आज रातिदेखि अझ बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको