October 1, 2023, Sunday
२०८० आश्विन १४, आईतवार
KN hd tv

मुलुकका धेरै स्थानमा बर्षासहित चट्याङ् को सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – शनिबार मुलुकका धेरै स्थानमा भारी बर्षाका साथै केही ठाउँमा चट्याङ्समेत पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको नजिक आएकाले यसको प्रभावका कारण भारी बर्षासहित चट्याङ्को सम्भावना रहेको हो । मौसम विज्ञान विभागले शनिबारको पूर्वानुमान बुलेटिन जारी गर्दै यो सूचना जारी गरेको छ ।

उसले आज मनसुनी न्यून चापीय रेखा अहिले नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको सूचित गरेको छ । यसको प्रभावले शनिबार बिहानैबाट काठमाडौं उपत्यकासहित मुलकका धेरै स्थानहरुमा बर्षा भइरहेको बताइएको छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भूभागहरुमा भने आंशिक बदली रहेको र बाँकी भूभागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ । त्यस्तै शनिबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तैगरी शनिबार राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रहने हुनाले धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। 

शीर्ष समाचार

धेरै पढिएको