विश्वभर एकैदिन १ लाख ९७ हजार कोरोना संक्रमणमुक्त
काठमाडौं – विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
सात महिनाभन्दा बढी समयदेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६४.१९ प्रतिशत अर्थात १ करोड २५ लाख ४३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।
यसमध्ये १ लाख ९७ हजार ६२४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।
शनिबार यो समाचार तयार पार्दासम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८३ हजार ९ जना संक्रमित भएका छन् ।
योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ३९ हजार ७४८ पुगेको हो ।
यस्तै एकै दिन ६ हजार ४४८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २३ हजार ९९१ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ६१३ जनाको मृत्यु भएको छ । ३० लाख ८ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ६ हजार १८९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस्