September 30, 2023, Saturday
२०८० आश्विन १३, शनिबार
KN hd tv

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं- नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । यसैगरी पर्साकै ८९ वर्षीय पुरुष, पर्सा-११ का ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी शुक्रबार नै सिरहा गोलबजारका २५ वर्षीय पुरुष र सर्लाहीका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको