October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग भेटघाटलाई निरन्तरता दिएका छन्। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका उनले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रचण्डसँग भेट गरेका हुन्।

सबै पार्टीका शीर्ष नेतालाई भेट्ने क्रममा प्रचण्डसँग भेट भएको नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार, केही दिनमा अन्य दलका शीर्ष नेताहरुसँग पनि भट्टराईले भेट गर्नेछन्।

प्रचण्डसँगको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन इत्यादिको विषयमा छलफल भएको थियो। ‘छलफल सकारात्मक छ। कुनै निष्कर्षमा पुगिएको छैन। छलफललाई भोलि वा पर्सितिर पनि निरन्तरता दिने भन्ने छ,’ पाण्डेले भने।

प्रधानमन्त्री देउवासँगको भेटमा भट्टराईले गठबन्धनमा सहभागिताको विषयमा छलफल गरेका थिए। जसप्रति देउवाले सकारात्मक प्रतिक्रिया दिएका थिए। उनले गठबन्धनका अन्य दलसँग पनि यसबारे छलफल गर्ने बताएका थिए।

शीर्ष समाचार

धेरै पढिएको