October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

प्रधानमन्त्री देउवाले बोलाए बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको वैठक

काठमाडौं – सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आज (सोमबार) बालुवाटार बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ ।

सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ । बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरु समेत सहभागी हुनेछन् ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच आउँदो निर्वाचनमा पनि तालमेल गर्ने सहमति भइसकेको छ । उनीहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय छ । सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको